दफा १४
डिजायनको दर्ता
: (१) दफा १३ बमोजिम कसैको दरखास्त परेमा विभागले सो डिजायन  दरखास्तवालाको नाममा दर्ता गरी अनुसूची–२(ख) बमोजिमको प्रमाणपत्र दिनुपर्छ ।  तर, त्यस्तो डिजायनबाट कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा धक्का पुग्ने वा  सर्वसाधारण जनताको सदाचार वा नैतिकतामा नराम्रो प्रभाव पर्ने वा राष्ट्रिय हितको प्रतिकूल हुने  रहेछ वा सो डिजायन अघि नै अरू कसैको नाममा दर्ता भैसकेको रहेछ भने यस उपदफा  बमोजिम दर्ता गरिने छैन ।
(२) उपदफा (१) बमोजिमको प्रमाणपत्र प्राप्त गर्नको निमित्त दरखास्तवालाले अनुसूची–३  (२) को (ख) मा तोकिएबमोजिमको डिजायनको दर्ता दस्तुर विभागमा दाखिल गर्नुपर्छ ।
(३) उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशमा लेखिएको कुनै अवस्था छ भन्ने लागेमा  विभागले कुनै डिजायनको दर्ता बदर गर्न
सक्नेछ ।
तर, सो बमोजिम कुनै डिजायनको दर्ता बदर गर्नुभन्दा अगावै विभागले सो  डिजायनवालालाई सो डिजायनको दर्ता बदर हुनु नपर्ने कुनै कारण भए देखाउन मनासिब  माफिकको मौका दिनु पर्छ ।